रौतहट ।। गौर नगरपालिकाको आयोजनामा हाथीपाइले रोग नियन्त्रणको लागि आम औषधि वितरण अभियान सम्बन्धी पत्रकारहरुको संगको अन्तर्क्रिरया कार्यक्रम गौरमा आइतवार संपन्न भएको छ ।
रौतहटमा देखिएको परजीवीलाइ समाप्त गर्ने उदेश्यले रौतहटमा २ बर्षे आम औषधि वितरण अभियान फाल्गुन ११ गते देखि सञ्चालन हुन लागेको अभियानलाइ सफल बनाउनलाई कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा गौर नगरपालिकाका स्वास्थ्य संयोजक दीनबंधु यादवले यो अभियान फाल्गुन ११ देखि २ हप्ता सम्म सञ्चालन हुने जानकारी गएका छन । २ हप्तामा ८० प्रतिशत व्यक्तिलाई हाथी पाइले रोग विरुद्धको औषधि खुवाउनु पर्ने बताउँदै औषधि सेवन गरी रोगको कीटाणुबाट सुरक्षित हुन सवैमा आग्रह गरे ।
रौतहटमा फाइलेरिया रोगको संक्रमण भएको २५ जना फेला परेपछि नेपाल सरकारले रौतहटलाई पनि अभियानमा समाबेश गरेको यादवले बताए । २ बर्ष उमेर भन्दा बढ़ीका व्यक्तिलाइ उचाई अनुसार औषधि स्वास्थ्यकार्मिको प्रत्यक्ष रोहवारमा खुवाउने छन ।
गंभीर प्रकृतिका बिरामी , सुत्केरी भएकी महिला , मधुमेह , उच्च रक्तचाप , हृदयाघातको विरामीलाइ औषधि खानु बाट बंचित गरिएको स संयोजक रुपेश कुमार पंडितले बताए ।
औषधि सेवन गरे पछि हल्का असर देखा परन सकिने उहाको भनाइ रहेको छ । खाली पेटमा औषधि नखान चिकित्सकले आग्रह गरेका छन ।
१४७ सेन्टीमीटर वा सो भन्दा बढ़ी उचाई भएका व्यक्तिलाइ आइभरमेक्टिन ३ एमजी ४ ओटा , डि ई सी १०० एमजी ४ ओटा र एलबेन्डाजोल ४०० एमजी १ ओटा गरी ९ वटा टेबलेट खानु पर्ने छन । औषधि सेवन गरे पछि शरीरमा प्रबेश गरेको परजीवीलाइ मार्ने भएकोले सामान्य असर देखा परन सकिने स संयोजक पंडितले बताए ।
टाउको दुखने , रिंगटा लाग्ने , हल्का ज्वरो आउने , वाक वाक लाग्ने जस्ता असर देखिन सकिने छन त्यस्ता लक्षण देखा परेमा आतिनु पर्दैन स संयोजक पंडितले भने सामान्य असर १ देखि २ दिन मा आफै निको भई हाल्छ ।
२ वर्ष भित्रमा रौतहटबाट हाथी पाइले रोग निर्मूल पार्ने नेपाल सरकारको लक्ष्य रहेकोले निर्धक्क रुपमा औषधि सेवन गरी सरकारले सञ्चालन गरेको अभियानलाइ सफल बनाऊंन स्थानीय सरकारले गाउ गाउमा जनचेतना मूलक कार्यक्रम , अन्तर्क्रिरया गर्न लागेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here