रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा शुरू भएको श्री श्री अनन्त श्री विष्णु महायज्ञको अवसरमा विहिवार भव्य कलश शोभा यात्रा निकालिएको छ ।
विश्व कल्याणार्थ आयोजना गरिएको ५१ कुण्डीय विष्णु महायज्ञको पहिलो दिन बाजागजाका साथ विराट कलश शोभा यात्रा निकालिएको हो ।
१० दिन सम्म चल्ने महायज्ञको लागि यज्ञ स्थल गौर राईस मिलको मैदानबाट १ हजार १ सय कुमारी कन्याको सहभागितामा हाथी,घोड़ा ,रंथ , बजा गाजा सहित निकालिएको कलश शोभा यात्रा गौर नगरपालिका वड़ा नंबर १ हुदै राजदेवी नगरपालिकाको वड़ा नम्बर ८,९ लक्ष्मीपुर बेलविच्छवा गाउ हुदै ब्रह्मपुरी नजिक रहेको बागमती नदीमा कलशमा जल बोझी गरेका छन ।
करीव ५ हजार भन्दा बढ़ी स्थानीयको सहभागिता रहेको शोभा यात्रा राजदेवी वड़ा नम्बर ६ ,७ हुदै गौरको बीपी चौक परिक्रमा गर्दै पुनः महायज्ञ स्थलमा पुगेको महायज्ञ आयोजक समितिले जनाएको छ ।
महायज्ञमा १०१ देवी देउताको प्रतिमा समेत बनाइएको छ भने धार्मिक प्रवचनको लागि भारतको प्रसिद्द धार्मिक स्थल आयोध्या , बृंदाबनबाट संतहरु उपस्थित भएका छन ।





