काठमाडाैं ।। नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघि नै विघटन हुने डर आफूलाई लागेको बताएका छन्।
ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकिर थियो ।
बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले केपी ओली प्रवृत्ति बलियो हुँदै गए त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाए । नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनुपरेको पनि बताए ।
ओलीले दुई तिहाई नेतृत्वको सरकार चलाउन पाए पनि मुलुकको हितमा काम गर्न नसकेको उनको बुझाइ थियो । नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि व्यक्त गरे।
मुलुकमा वैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अपनाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उनको भनाइ थियो । नेता पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणीसमेत गरे।
एमाले अध्यक्ष ओलीको अहंकार कायमै-प्रदीप पौडेल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।