रौतहट ।। जनजागरण युवा क्लब बारा द्वारा संचालित एक्टिभ परियोजना अंतर्गत पालिका स्तरीय बालिका तथा समाबेशी शिक्षा संजालको गठन गरिएको छ ।
गौर नगरपालिकामा सञ्चालन रहेको परियोजनाको सफल बनाऊंन तथा विद्यालय बाहिर रहेका बालिकालाई विद्यालयमा पहुंचको सुनिश्चिता गर्ने उदेश्यले संजाल गठन गरिएको हो ।
नगर प्रमुख संरक्षण तथा उपप्रमुख संयोजक रहने गरी सञ्जालको गठन गरिएको परियोजनाको सहयात्रा कार्यक्रमको कार्यक्रम संयोजक मनोज कुमार यादवले जानकारी दिएका छन ।
गठन गरिएको सञ्जालको सदस्यमा निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर , सामाजिक विकास अधिकृत उत्तम भटराई , महिला तथा बाल बालिका शाखा प्रमुख सलोनी केसरी , स्वास्थ्य शाखा प्रमुख दीनबंधु यादव सदस्य रहेका छन ।
नगर पालिका स्तरीय बाल क्लब सञ्जालको अध्यक्ष उपाध्यक्ष गरी २ जना , सामुदायिक विद्यालयका प्राध्यानध्यापक मोहमद इस्लाम , बाल क्लब टिकुलिया बाट लक्की झा , नंदनी कुमारी , शिक्षा शाखा प्रमुख नागेंद्र प्रसाद मंडल , नगर क्षेत्र भित्र रहेका बिशेष आवश्यकता भएका बालबालिका अध्यापन गराउने विद्यालय बाल मंदिरको तरफबाट प्राध्यानध्यापक गणेश प्रसाद यादव सदस्यमा रहेका छन ।
२१ सदस्य संजालको अन्य सदस्यको मनोयन सञ्जालको बैठकले गर्ने कार्यक्रम संयोजक यादवले बताए । कार्यक्रममा निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर , वड़ा अध्यक्ष द्वय शिव शंकर यादव , अबध बिहारी साह , सामुदायिक विद्यालयका प्रधानाध्यापक , बाल क्लबका प्रतिनिधि सहित आयोजक सस्था र सहयोगी सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको गठन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।