रौतहट ।। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ४ बस्ने ई रिक्सा चालक केदार प्रसाद तिमिल्सिनाले अहिले सामाजिक कार्य गरेर गरीव विपन्नहरुको लागि सहारा बनेका छन ।
दैविक प्रकोप बिपद परेको बेला , चिसोको मौसममा आफ्नो तरफबाट प्रत्येक वर्ष गरीव असहाय परिवारलाई सहयोग गर्दै आएका तिमिल्सिना अहिले बढ्दै गएको चिसोको बेलामा न्यानो कपड़ा बाडेर सवैको मन जीतन सफल भएका छन ।
जिल्लाको उतरी भेगको दर्जनौ गरीव बस्तीमा पुगेर तिमिल्सिनाले गरीव परिवारलाइ न्यानो लुगा वितरण गरेका हुन । उनले गरीवको पीड़ा सहन गर्न नसकिने भएकोले आफुले मिहनेत गरेर सहयोग गर्ने गरेको बताएका छन । बाढि़को बेलामा राहत सामग्री दिने गरेका तिमिल्सिनाले आफै गरीव भएपनि मन ठूलो आमिर भएको पुस्टि गर्दै गरेका छन ।
रिक्सा चलाएर परिवारको लालन पालन गर्ने तिमिल्सिना चिसोको मौसममा गरीव परिवारलाइ सहयोग गर्नका लागि न्यानो कपड़ा व्यवस्थापन र वितरण गर्नमा व्यस्त देखिएका छन ।
चन्द्रपुर नगरपालिका वड़ा नम्बर ९ मा रहेको गरीव बस्तीमा पुगेर तिमिल्सिनाले ८० परिवारलाइ न्यानो कपडा बितरण गरेका हुन । यस अघि उनले वड़ा नम्बर ८ मा न्यानो लुगा वितरण गरेको जानकारी दिएका छन ।
मजदूरी गर्ने गरीवको सामाजिक कार्य अरुको लागि प्रेरणा रहेको छ भने निर्वाचित जनप्रतिनिधिहरुको लागि चुनौती नै भएको छ ।
गरीव परिवारको सहारा बन्दै रिक्सा चालक तिमिल्सिना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।