जनकपुर ।। मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । तीनजना दलको नेताको दाबी नछाडेपछि बिहीबार निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् ।
दलको नेता चयन गर्न कांग्रेसले गत पुस ७ गते प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो ।निर्वाचन समितिले सर्वसहमतिको प्रयासबाट दलको नेता चयन नभएपछि निर्वाचन प्रकृया अघि बढाएको कांग्रेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले आज बुधबार प्रथम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।
मतदाताको अन्तिम नामावली भने बिहीबार अपराह्न साढे २ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका छ । त्यसपछि तीनदेखि चारबजेसम्म मतदान हुनेछ । कांग्रेस २२ सिटसहित मधेश प्रदेश सभाको दोस्रो ठूलो दल रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here