काठमाडाैं ।। अफगानिस्तानमा शाषण गरिरहेको तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ । महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको अफगानिस्तानको उच्च शिक्षा मन्त्रीलाई उदृत गर्दै बीबीसीले लेखेको छ । मन्त्रीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि यो प्रतिवन्ध लागू गरिएको छ । यो निर्णय तत्काल लागू हुने पनि खबरमा उल्लेख छ । यो निर्णयले महिलालाई औपचारिक शिक्षा पाउनबाट बन्चित गर्नेछ । गत वर्ष तालिवानले सत्ता हातमा लिएपछि महिलाका लागि विभिन्न निषेध गर्दै आएको छ । यसअघि महिलालाई महिला शिक्षक नै वा वृद्धले मात्र पढाउन पाउने व्यवस्था गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here