काठमाडाैं ।। सङ्घीय संसद सचिवालयले सांसदको शपथ ग्रहण पर्सि गर्ने भएको छ । सांसदहरूले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिने सचिवालयले जनाएको छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । ज्येष्ठ सांसद एकिन गर्न निर्वाचन आयागले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको जन्म मितिसमेतको विवरण उपलब्ध गराएको छ । सम्भावित ज्येष्ठ सदस्यहरूको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता डारोजनाथ पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो ।





