राैतहट ।। स्थानीय तहकाे शिक्षा क्षेत्रका लागि विपद पूर्वतयारी तथा प्रतिकार्य याेजना तर्जुमाका लागि ” पालिका स्तरीय 3 दिने कार्याशाला ” गाेष्ठी शुरू भएकाे छ । आजबाट राैतहटकाे सदरमुकाम गाैरमा सुरू भएकाे भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालकाे आयाेजना तथा UNICEF, युरोपेली यूनियनकाे सहयाेगमा साे कार्याशाला सुरू भएकाे हाे । साइमन हाेटेल गाैरमा सञ्चालन भइरहेको साे कार्याशालामा राजदेवी, देवाहीगाेनाही नगरपालिका तथा यमुनामाई गाउँपालिकाका शिक्षा संयाेजक, याेजना शाखा प्रमुख, सामुदायिक विद्यालयका शिक्षकहरूकाे सहभागिता रहेकाे छ । सम्बन्धित पालिकाहरूमा आपतकालीन शिक्षा याेजना बनाउने मुख्य उदेश्य रहेकाे साे कार्याशालामा रौतहटकाे शिक्षा बिकाश तथा समन्वय इकाई प्रमुख रामविनय कुमार सिंह, राजदेवी नगरपालिकाकाे नगर प्रमुख भिखारी प्रसाद यादव, देवाही गोनाही नगर प्रमुख प्रेमलाल साह कानु, राजदेवी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ लगायतकाे व्यक्तिहरूकाे विशेष उपस्थित रहेकाे थियाे । गाेष्ठीमा प्रशिक्षक सुशील पण्डित , सुशील कुमार यादव, मान बहादुर वाइवा,इश्वर दत्त जाेशीले प्रशिक्षण दिरहनु भएकाे छ ।
शिक्षा पुर्वतयारी प्रतिकर्य योजना कार्यशाला गाेष्ठी शुरू
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












