रौतहट ।। रौतहटको राजदेवी नगरपालिकामा आजबाट मेयरकप क्रिकेट प्रतियोगिता सुरू भएको छ । राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले प्रतियोगिताको उद्घाटन गरिएका छन ।
राजदेवी नगरपालिका वडा नं. ८ को वडाध्यक्ष राम ईश्वर प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, सबै वडाध्यक्षहरू, सूचना प्रविधि प्रमुख चन्द्रभूषण यादव, युवा संघ नेपालको केन्द्रीय सदस्य पवन किशोर साह, रामनरेश लक्ष्मण मा वि हजमिनियाको प्रधानाध्यापक संजय कुमार यादव लगायतका उपस्थिती रहेको थियो । आज भएको पहिलो दिनेको भएको खेलमा वडा नम्बर ३ बसतपुर चण्डीयाले वडा नम्बर ५ पताहीलाई ६ विकेटले हराएको छ आयोजकले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












