रौतहट ।। रौतहट क्षेत्र नंं. ३ मा निर्वाचित हुनु भएका प्रभु साहले नव निर्मित वडा कार्यलय भवनको उदघाटन गरेको छ । निर्वाचित भए पछि मौलापुर नगरपालिकाको वडा नं.९ सोनरनियामा वडा कार्यलय भवनको उदघाटन गरेको छ ।
प्रतिनिधी सभा सदस्यमा चौथौ पटक निर्वाचित भए पछि सोनरनियामा आफना मतदाताहरुलाई धन्याबाद दिन घर घरमा पुगेका साहलाई मतदाताहरुले भब्य स्वागत गरेका थिए । घरदैलो कार्यक्रम पश्चात सोही वडामा पुर्वमन्त्री प्रभु साहले वडा कार्यलय भवनको उदघाटन गरिएको थियो ।
शहरी बिकाश तथा भवन निर्माण बिभागको वर्गिकरण अनुसार कुल ६१ लाखको लागतमा निर्माण गरिएको सो वडा कार्यलय भवनलाई साहले बिधिवत रुपमा उदघाटन गर्नु भयो ।
वडा कार्यलयमा लागेको खर्च विवरण बारे जानकारी गराउदै मौलापुर नगरपालिकाका निःप्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले २०७६/७७ सालमा अनुमानित २० लाखको लागतमा १४ धुरमा शिलान्यास गरिएको भवनको लागि बिभिन्न चरणमा बजेट थप गरि निर्माण कार्यलयलाई निरन्तरता दिदै आएको बताउनु भएको थियो ।
बिगत लामो समय देखि हुदै आएको निर्माणकार्यलाई २०७७/७८ मा १८ लाख २०७८÷७९ मा १५ लाख र आर्थिक वर्ष २०७९/८० मा थप ८ लाख थप गरि निमार्णकार्य पुरा गरिए पश्चात उदघाटन गरिएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिनु भयो ।
साहले यस वडा कार्यलय भवनमा वडा अध्यक्ष बस्ने कोठा १ , कम्प्युटर कक्ष १, पञ्जिकरण कक्ष १, दुई सय जना अटाउने सभाहल १, सौचालय ३ वटा रहेको छ । सालमा बजेट नगरपालिकाबाट बिनियोजन गरिएको थियो ।
उदघाटन कार्यक्रममा रौतहट क्षेत्र नं.३ (क) बाट स्वतन्त्रबाट निर्वाचित बिधायक केशव चौधरी, क्षेत्र नं.३ (ख) बाट स्वतन्त्रबाट उमेदवार कुन्दन कुशवाहा,मौलापुर नगरपालिकाकी उपप्रमुख रिना कुमारी साह, स्वतन्त्र उमेदवार जिताउ अभियानका जिल्ला संयोजक त्रिभुवन साह, युवा नेता लालबावु मंनसुरी, दलित नेत ठागा दास, देवाही गोनाही नगरपालिका वडा नं.६ का पुर्व वडा अध्यक्ष अनिल झा, भद्रभलादमी बुद्धिजिवी, राजनिति दकलका प्रतिनिधी ,मौलापुर एफ एमका समाचार प्रमुख,स्थानिय पत्रकार राजकुमार यादव, सुरक्षाकर्मी लगाएत हजारौंको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।
रौतहटको सोनरनियामा प्रभु साहले गरे वडा कार्यालय उदघाटन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।