महेन्द्रनगर ।। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ । दुर्घटनामा परि गम्भरि घाइते भएका उनको माहाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here