काठमाडाैं ।। युरोपलि सङ्घ इयूले नेपाली विमानमाथि लाएको उडान प्रतिबन्ध नौ वर्षसम्म पनि फुकुवा हुन सकेको छैन । नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) मापदण्ड तथा प्रक्रिया पूरा नगरेको र उडान सुरक्षा पालनासम्बन्धी स्थापित मापदण्ड बाहिरको काम गरेको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको थियोे । आईकाओले नेपाललाई कालो सूचीबाट हटाइसकेपनि ईयूले भने नेपाली विमानयुरोपेली भूमिमा उडाउन प्रतिबन्ध लगाइरहेको छ । प्रतिबन्ध हटाउन गत असोजमा ईयूको अनुसन्धान टोली नेपाल आएर अध्ययन गरेको थियो । तर हटाउने या नहटाउने भन्नेबारे अझै टुङ्गो लागेको छैन । सीआईएनसँग कुरा गर्दै नागरिक उड्ययन महाशाखाका प्रमुख बुद्धि सागर लामिछानेले अबको ६ महिना भित्र नेपाली हवाइ युरोपमा उड्न सक्ने सम्भावना रहेको बताउनुभयो । प्रतिबन्ध फुकुवा भएमा उडानका लागि तयार रहेको नेपाल वायु सेवा निगमले जनाएको छ ।
अझै पाएन नेपालले युरोपमा उडान अनुमति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












