काठमाडाैं ।। मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फको गणना लगभग सकिएको छ। निर्वाचन आयोगका अनुसार आज बिहानसम्ममा कुल एक करोड ५ लाख ६० हजार ८२ सदर मतमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।२ लाख ९८ हजार मत पाएर आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न सकेन । हालसम्म नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ अर्थात कुल सदर मतको २६ दशमलव ९५ प्रतिशत मत पाएको छ।यस्तै प्रत्यक्षतर्फ पहिलो दल बनेको नेपाली काँग्रेसले समानुपातिकमा २७ लाख १५ हजार २२५ मत पाएर दोस्रो दल बनेको छ। उसले कुल सदर मतको २५ दशमलव ७१ प्रतिशत मत पाएको छ।तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११ दशमलव १३ प्रतिशत मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात १० दशमलव ७० प्रतिशत मत पाएको छ।प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले ५ लाख ८८ हजार ८४९ अर्थात ५ दशमलव ५८ प्रतिशत, जसपाले ४ लाख २१ हजार ३१३ अर्थात ३ दशमलव ९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३ दशमलव ७४ प्रतिशत मत पाएको छ । २ लाख ९८ हजार ३९१ मत पाएको एकीकृत समाजवादीले २ दशमलव ८३ प्रतिशत मत पाउँदै ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन । समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने सिट सङ्ख्या निर्धारणको तयारी गरेको छ।प्रतिनिधिसभामा समानुपातिकबाट १ सय १० जना सांसद निर्वाचित हुनेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here