सप्तरी ।। सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत जित नजिक पुगेका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ हजार ५ सय ५१ मतान्तरले पछि पारेका राउतको जित घोषणाका लागि औपचारिकता मात्र बाँकी छ।
यहाँ ६४ हजार ५६० मत खसेको थियो। जसमध्ये ५६ हजार १४८ मत गणना हुँदा राउतले ३० हजार ६६९ मत ल्याएका छन्। यादवले भने १५ हजार १५८ मत प्राप्त गरेका छन्। पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ६ हजार १ सय ११ मत मात्र प्राप्त गरेका छन्। मतगणना अहिले जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here