काठमाडौं ।। काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापाले निरन्तर अग्रता कायम राखेका छन् । ४ हजार २१६ मत गणना हुँदा कांग्रेसका थापाले २ हजार २५ मत प्राप्त गरेका छन् । थापाका प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले एक हजार ५ सय ८१ मत ल्याएका छन् ।यो निर्वाचन क्षेत्रमा ४५ हजार ७५१ मत खसेको थियो ।
यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापा, एमाले नेता भट्टराई, राप्रपाका डा.शंकरमोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका रमेश ढुगेंल प्रतिस्पर्धामा छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीका नुमनाथ प्याकुरेल, नेकपा मालेकी लीलामाया पौडेल, स्वतन्त्र उम्मेदवारहरु श्यामराज भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुनकुमार प्रसाई, रोहित डंगोल, रोशन बर्मा, हेमबहादुर बम्जन, रवीन्द्रदेव ढकाल, महेश्वर केसी, शिवेन्द्र केसीलगायत प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here