नयाँ दिल्ली ।। बेलायती प्रधानमन्त्री ऋषि सुनकले तीन हजार भारतीय युवालाई रोजगारीका लागि बेलायत जाने भिसा प्रदान गर्ने भएका छन् ।
यसप्रकारको योजनाबाट लाभान्वित हुने भारत पहिलो देश भएको बेलायती सरकारले बताएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले ट्टीट गर्दै भनेको छ– ‘आज यूके–भारत युवा व्यवसायिक स्कीममा मोहर लागेको छ । जस अनुसार १८ देखि ३० वर्ष उमेर समुहका मानिसका लागि तीन हजार बेलायती भिसा जारी गरिएको छ, जसले बेलायत गएर दुई वर्षसम्म बस्न र काम गर्न सक्नेछन् ।’
इन्डानेसियाको बालीमा चलिरहेको जी–२० शिखर सम्मेलनको क्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनक र भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीको भेटघाटको केही घण्टापछि उक्त घोषणा भएको हो ।
दुई महिना अगाडिमात्र भारतीय मुलका बेलायती प्रधानमन्त्री सुनकले पदभार सम्हालेपछिको मोदीसंगको यो पहिलो भेटघाट थियो । इो एउटा त्यस्तो योजना हो जसमा भारत र बेलायत दुवै देशले एकअर्का नागरिकका लागि भिजा जारी गर्दैछन् ।





