रौतहट ।। रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले नगरको आर्थिक समृद्धीमा सहकारी संस्थाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
गौर ३ स्थीत रिद्धि सिद्धि श्रमिक सहकारी संस्था लिमिटेडको उदघाटन गर्दै, नगर प्रमुख साहले, संस्था गौर नगरपालिकाको आर्थिक समृद्धि तिर अगाडी बढनु पर्ने बताए ।
आज विहिवार संस्थाका अध्यक्ष संजय प्रसाद साहको अध्यक्षतामा भएका उदघाटन कार्यक्रममा नागरिक समाज, आम नागरिक सहित संचारकर्मीहरुको उपस्थिती रहेको थियो । संस्थामा आजै करिव १ सय ५० जना भन्दा बढीले आफ्नो खाता खोलाएको संस्थाका अध्यक्ष साहले बताए ।





