रौतहट ।। रौतहट जिल्लाको विभिन्न नाकाबाट तस्करीको कार्य तीब्र भएको छ । स्थानीय प्रहरी प्रसाशनको मिलोमतोमा तस्करीको लाइन खोलिए पछि तस्करीको कार्य तीब्र भएको हो ।
मङ्सिर ४ मा हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुखमा नेपाल प्रहरीको सेटिंगमा तस्करीको लाइन खोलिएको हो । नेपाल सरकारलाइ प्रत्यक्ष असर पुर्याउने र आफ्नो निजी लाभ लिने उदेश्यले जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरको संलग्नतामा तस्करीको लाइन खोलिए पछि राजश्व संकलनमा कमी आएको हो ।
नेपाल भारतको खुल्ला सिमानाको प्रहरी प्रशासनले पूर्ण रुपमा लाभ लिने गरेका छन । निर्वाचनमा स्थानीयहरु होमिएको मौकÞा छोपेर नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बूढ़ामगर , नायव प्रहरी उपरीक्षक सुनील कुमार मल्लले घुमवा प्रहरी राज मंगल सिंह मार्फत सेटिंग मिलाएर तस्करीको लाइन खोलिएको बुझिएको छ ।
ईशनाथ नगरपालिकाको बंजरहा , औरैया , मठिया र गौर भन्सार कार्यालयको मुख्य नाका भएर खुलेयाम चीनी , मलखाद , लता कपड़ा , नेपाली र भारतीय रुपैयाको हुण्डी कारोबार तीब्र रुपमा हुने गरेको छ ।
भारतको सीमा संग जोडिएको क्षेत्र भएको कारण सीमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरी र शांति सुरक्षाको लागि रहेको नेपाल प्रहरीको कारण तस्करी बढेको स्थानीयहरुले बताएका छन ।
तस्करीको लाइन लिएका तस्करको अनुसार नेपाल प्रहरीका घुमवाले सहयोग गरेको बुझिएको छ । १ महीना लाइन शुरू भएको थियो विचमा लाइन बन्द भो अव मङ्सिर १ देखि शुरू हुने तस्करले बताएका छन ।
महीनाको ५ लाख भन्दा बढ़ी रकम प्रहरी प्रमुखलाइ तथा संचारकर्मी , घुमवा गरी करीव २२ लाखको प्रति महीना खर्च तस्करको रहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बूढ़ा मगरले तस्करी पूर्ण रुपमा नियंत्रणमा रहेको दावी गरेको छ । कार्य गर्ने शिलशिलामा प्रहरीको अनुपस्थतिमा केहि हुन सकिने बताउँदै सस्थागत रुपमा तस्करीको लाइन नखोलेको बताए ।
आन्तरिक रुपमा यस विषयमा छानविन गरिने प्रतिबद्धता जनाए ! घुमवा प्रहरीको रुपमा परिचालन गरिएको राज मंगल सिंह प्रहरी नायव उपरीक्षक मल्लको नजिकको रहेको स्रोतको दावी रहेको छ !
सशस्त्र प्रहरी उपरीक्षक ध्रुव कार्कीले जिल्लामा तस्करीको कार्य पूर्ण रुपमा नियंत्रणमा रहेको दावी गरेका हुन ! गौर भन्सार कार्यालयमा दिनहु राजश्व संकलनमा कमी हुदै गएको हो ! भन्सार प्रमुख बासुदेव नेपाल संग सम्पर्क गर्दा बाहिर रहेको बताएका छन !
चुनावको मुखमा तस्करीको लाइन खोलाउनु प्रहरीले आन्तरिक रुपमा आर्थिक लाभ लिनु बाहेक अरु केहि नभएको स्थानियहरुले बताएका छन ! घरेलु उपभोग्यको सामान ल्याउदा पक्राउ गर्ने नेपाल प्रहरी र सशास्त्र प्रहरी आर्थिक लोभमा परी ठूलो तस्करीको लाइन दिने गरिएको टिपण्णी स्थानियहरुको रहेको छ !





