सांकेतिक तस्विर

सिरहा ।। सिरहामा केरा बोकेको ट्याक्टर दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ। सिराहाको कल्याणपुर नगरपालिका– १० मा छठ पर्वका लागि केरा लिएर जाँदै गरेको नम्बर नभएको (अनटेस्ट) ट्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ट्याक्टरचालक कल्याणपुर नगरपालिका– ११ का ३० वर्षीय छेदुवा गोइत र केरा व्यापारी सोही ठाउँका ४५ वर्षीय दुखिया साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
क्षमताभन्दा बढी केरा लोड गरेर जाँदै गर्दा खराब बाटोका कारण ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here