रौतहट।। रौतहटका सदमुकाम गौरबाट एक जना अवैद्ध रकम सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं.१ ट्रन्समिटर चौकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको विआर ३० भि ०५३१ नं. को मोटरसाईकल लाई शंका लागी रोकी चेक जाँच गर्दा स्रोत नखुलेको नेपाली नौ लाख चौसठ्ठी हजार फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ वडा नं.६ बस्ने अन्दाजी ३६ बर्षको राज कुमार भगतले मोटरसाईकलको बाँया हैण्डिलमा कालो प्लास्टिकको झोलामा उक्त नौँ लाख चौसठ्ठी हजार लुकाई लगि रहेको अवस्थामा फेला परेकोले मोटरसाईकल चालक भगत सहितलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।





