रौतहट ।। मिटर व्याजी पिडित संयुक्त संघर्ष समिति रौतहटले नेपाल पत्रकार महासंघ रौतहट शाखामा पत्रकार सम्मेलन मार्फत स्थानीय प्रशासनद्धार माथि गम्भिर आरोप लगाएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मिटर व्याजी पिडित संयुक्त संघर्ष समिति मधेश प्रदेशका संयोजक सरस्वती मिश्रले छलफलको लागि जिल्ला प्रशासनमा बसिरहदा पिडक पक्षहरुद्धारा पिडित माथि आक्रमण गरियो, सो कार्यमा स्थानीय प्रहरी प्रशासनको मौनताले गर्दा उनीहरुको मिलिभगतमा पिडितलाई झन पिडित बनाउने काम गरिएको उनले भनिन ।
पटक पटकको समय पछि मंगलवार जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा पिडितहरु संग बसिरहेको अवस्थामा पिडकहरुद्धारा परिचालन गरिएको गुण्डाहरुद्धारा पिडित माथि आक्रमण गरियो सोको प्रतिवाद गर्दा उल्टै प्रहरीले पिडितलाई नै निर्घात कुटपिट गरिएको घटनाबाट मिटरव्याजी प्रशासनबाट झन् पिडित बनेको गम्भीर आरोप उनले लगाइन ।
दुबै पक्षलाई धपाएर अवस्थालाई नियन्त्रणमा लियाे—प्रजिअ शाही
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयमा ८० र जिल्ला प्रहरी कार्यालयमा ४० गरेर १२० वटा मिटरब्याजीमा उजुरी दर्ता भएको छ । हामीले उजुरी परेको आधारमा आवश्यक अनुसन्धान कार्यलाई अघि बढाउदै पिडितलाई बोलाउदै पिडकलाई प्रहरी मार्फत समातेर ल्याउने कार्य पनि जारी छ तर ठोस प्रमाणको अभावमा २ जनाको म्याद थपको लागि अदालत पठाउदा पर्याप्त कागजातहरु नरहेको भन्दै फिर्ता पठाइदिएको अवस्थामा हचुवाको भरमा कसरी मुद्दा प्रक्रियामा अघि बढ्न सक्छ उनले भने ।
“पिडितहरु सोझै पिडकलाई थुनिदिनुस भन्छन्, तर प्रमुख जिल्ला अधिकारीलाई विना पर्याप्त प्रमाणको थुन्ने अधिकार छ कि छैन त्यसको ज्ञान वा जानकारी राम्ररी राख्नुपर्ने हुन्छ” । मुद्दा फाँटमा २५ जना भन्दा बढि व्यक्तिहरु जम्मा भएर हो हल्ला र कर्मचारी माथि आक्रमण गर्न थालेपछि निकै सम्झाउदा उनीहरु नमान्दा प्रहरीले सामान्य वल प्रयोग गरेर कम्पाण्ड बाहिर निकादिएको दाबी गरे ।
जिल्ला प्रशासन कार्यालयको मर्यादालाई ख्याल नगरी आवश्यक्ता भन्दा धेरै मानिस हरु प्रवेश गराएर हो हल्ला एवं कुटाकुट गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेर दुबै पक्षलाई धपाएर अवस्थालाई नियन्त्रणमा लिएको प्रजिअ शाहीले भने । मुद्दा पक्षको कर्मचारीलाई धाकधम्की दिएपछि उत्पन्न भएको समस्यालाई समाधान गर्न प्रहरीले दुबै पक्षलाई निकाले मात्रै हो अरु होइन उनले भने ।
जिल्ला प्रशासन कार्यालय रौतहट माथि शंकाको दृष्टिकोर्णबाट नहेरी बास्तविक घटनालाई हामी कानुनी प्रक्रिया अनपनाएर अघि बढिरहदा अनावश्यक रुपमा बखेडा मात्रै गरिएको अरु केही होइन । एकै चोटीमा कारवाही हुदैनन्, अनुसन्धान भईरहेको छ, प्रमाणहरु संकलन हुँदैछ, यथेष्ट प्रभाणको अभावमा समातेपनि अन्य निकायबाट छुटिएमा पिडितहरु कसरी न्याय पाउने छन् त्यस तर्फ हामी काम गर्दैछौं तर एक्कासी सबैलाई समातेर भित्र हालिदिए राम्रो हुने र तेश्रो पक्षको उस्काहटमा आएर कार्यालयका सामान्य मर्यादा पालना समेत नगर्नेलाइ के भन्ने उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here