काठमाडौं ।। विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। बुधवार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका छन्।
ब्राहमण बटुकहरुको स्वस्तिवाचन र शंखघोष सहित रवीन्द्र मिश्र समूह राप्रपा प्रवेश गरेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरि वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन्।
सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए। हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गरेपछि उनको विवेकशीलभित्रै आलोचना भएको थियो।
२०७२ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट लडेका थिए। आसन्न निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचनमा होमिने तयारी गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here