काठमाडौं ।। दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरिँदैछ । दशैं घर र विभिन्न शक्तिपीठहरूमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ। काठमाडौं उपत्यकाभित्र शोभा भगवती, तलेजुभवानी, भद्रकाली, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, नक्साल भगवतीसहितका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुँइचो लागेको छ।उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड छ।घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक मान्यता छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here