रौतहट ।। रौतहटका युवाहरुले अहिले गौरका विभिन्न स्थानहरुमा सरसफाई संगै बृक्षारोपनको गरि रहेको कार्य सराहनीय रहेको छ । प्रायः मधेशी समुदायमा पहिला पहिला श्रमदान गरिन्थीयो तर पछिल्लो समय बढदै गरेको आधुनिकताले श्रमदानको अर्थ समेत नयाँ पुस्ताले बुझ छोडेको अवस्थामा गौरका युवाहरुले सरसफाई तथा बृक्षारोपन कार्यमा गर्ने गरेको श्रमदानले पकै सकारात्मक संदेश दिएको छ ।
यस्ता कृयाकलापका सवैका साथ सहयोग आश्यक्ता रहन्छ र यसले थोरै भए पनि हाम्रा समाजलाई सकारात्मक विकास तिर डोर्याउने काम गरेको छ । त्यसैले सभ्य, समुद्ध, सन्दर र स्वस्थ्य समाज निर्माणको लागि यस्ता युवाहरुलाई प्रोत्साहन गरिनुको साथै सहयोग गर्नु हाम्रो पनि कर्तव्य हुन्छ ।
आज सनिवार गौरको शाताब्दियौ पुरानो मन्दीर रहेका बानेश्वर मन्दीरको सरसफाई र बृक्षारोपनले थोरै भए पनि सफा र सुन्दर बनाउने प्रयास गरिएको छ ।

बानेश्वर मन्दिरको ईतिहास

गौर वार्ड नम्बर दुई महादेवपटिमा रहेको छ बानेश्वर मन्दिर । बकिया नदि भन्दा करिब ५ सय मिटर पुर्वमा रहेको सो मन्दिर निकै नै पुरानो र ऐतिहासिक रहेको छ । बानेश्वर मन्दिरको निर्माण सम्बन्धि कुनै दस्तावेज नभएपनि यो राजा शिव सिंहले बनाएको बताइन्छ । राजा शिव सिंह तत्कालिन तिरहुत राज्यको राजा थिए । उनि सिम्रौनगढबाट साशन ब्यबस्था चलाउथे । राजा शिव सिंहको शासन 1335 ई सम्म  चलेको इतिहास रहेकोले सो मन्दिर त्यस पूर्वनै बनाइएको थियो । 

हालको बानेश्वर मंदिर कुनै बेला बने बनले घेरिएका थिए । सो क्षेत्र राजा शिव सिंहको शिकार गर्ने  क्षेत्र हुने  गर्थ्यो । उनि आखेटको  लागि समय समयमा आउने गरेकाले हालको बानेश्वर मन्दिर परिसरमा उनका लागि आवास बनाइएका थिए । अहिले मन्दिर रहेको स्थान भन्दा करिब २  सय मिटर पुर्व  उनि बस्ने  घर  बनाइएका थिए । उनले  पुजा  गर्न  सो क्षेत्रमा  शिव लिंगको स्थापना  गरका  थिए । पछि मानव वस्ती बढ्दै जादा सो क्षेत्रलाई बनेसर भन्न थालिएको हो । बनको देउता भएकोले बनेसर भनिएको हुनसक्ने बुझिन्छ । सोहि  बनेसर मन्दिर क्षेत्र पछि अप्रभंस हुदै अहिले बानेश्वर भन्ने बुझिन्छ । 

राजा शिव सिंहको आखेटको लागि आउदा उनलाई बस्न बनाइएको घरको सुरक्षाको लागि सैनिकहरु तैनाथ गरिएको थियो । उनका हाथिसार र घोडासार पनि सोहि स्थानमा रहेका थिए । केहि बर्ष पहिला सम्म पनि सो स्थानमा खेत जोत्दा वा कोदालो चलाउदा खपडाका टुक्राहरु भेटिन्थे । खाप्दाका टुक्राहरु भेटिने गरेकोले उक्त स्थानमा खपडाकै घर बनाइएको हुन् सक्ने अनुमान गरिन्छ । सो क्षेत्रमा कोदालो चलाउदा वा हलो जोत्ने समयमा चाँदीका सिक्काहरु पाउनु सामान्य घटना मानिन्थे । यासपानी मन्दिर क्षेत्र कुनै वेलाको समृद्ध क्षेत्र रहेको र सो मन्दिरको सम्बन्ध सताब्दियौ पुरानो रहेको स्पष्ट हुन्छ । सो मन्दिर बनाउदा सम्म हालको महादेवपटि, टिकुलिया ,मचकुटिया लगायतका गाउहरु अस्तित्वमा आइसकेको थिएन । 

एउटा प्रसंगमा हाल मन्दिर परिसरमा रहेको पोखरीको पुर्वमा चमत्कारी बस्तु रहेको छ l केहि बर्ष पुर्व  केहि स्थानियले भैसी चराउन जादा उनी मध्येका एक उपेन्द्र झाले उक्त ठाउमा कोदालोले खन्दै गर्दा केहि बस्तु देखिएको तर त्यो बस्तुमा आखा पर्दै अन्धो भएको थियो । उक्त बस्तु हेर्ने सबैको आखा बन्द हुनथाले पछि त्यो खाल्डो पुरिएको थियो । त्यस भित्र के थियो भन्ने रहस्य अझै रहस्य नै रहेको छ । 

 तत्कालिन समयमा उक्त शिवलिङ्ग माथि खोप जस्तो संरचना रहेको थियो । पछि समय सापेक्ष सो मन्दिरको जिर्णोद्द्वर हुदै गयो । पछिल्लो समयमा सो मन्दिर परिसर भित्र बनाइएको पार्वती गणेश मन्दिर स्थानिय रामजी रायका बुवा कुलदिप राय लगायतका सहयोगमा निर्माण गरिएको थियो । 

गाउहरु  बिस्तार हुदै जादा उक्त मन्दिरका महन्थको रुपमा पुरेनावाका गिरिहरुलाई जिम्मा लगाइएका थिए । मन्दिर आसपास रहेका कयौ बिघा जमिन पुरेनावाका गिरीहरुको जमिनदारी थियो । उक्त जग्गाहरु गुठीको नाउमा रहेपनि जमिनदारी भन्ने गिरीहरुको थियो । पछि उक्त जगाहरु महादेवपटिकै स्थानियाहरुको मातहत गएको थियो । ति मध्ये अधिकांस जग्गाहरु भन्ने निजीकरण भैसकेको छ । 

मन्दिर पुर्वको इनारको बकिया कनेक्सन 
सो मन्दिरको उत्तर आपको फुलवारी भित्र रहेको इनार पनि ऎतिहासिक कथाहरु बोकेका छन् । उक्त इनार पनि मन्दिर संगै निरमाण गरिएको र सोहि इनारको पानीले मन्दिर भित्रको शिवलिङ्गमा जलाभिषेक हुने गरेका थिए । अर्को प्रसंगमा १९९० सालको भूकम्पको समयमा प्राय इनारहरुबाट बालुवा र कोइला निस्केको थियो  तर उक्त इनारको पानि भुकम्प पछि पनि पिउने लायाकनै रहेको ले सोहि इनारबाट हालका  महादेवपट्टिका स्थानियहरुले पानि ल्याई खाएका थिए । उक्त इनारको सिधा सम्पर्क बकिया नदि संग पनि रहेको बताइन्छ ।
   बानेश्वर मन्दिर सम्बन्धि थप जानकारीहरु भए थप्दै जानु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here