काठमाडाैं ।। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल आउँदै हुनुहुन्छ । पाँच दिने भ्रमणका लागि आज अपराह्न पाण्डे काठमाडौँ आउने तय भएको हो । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने तयारी छ । सेना प्रमुख पाण्डेले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका उच्च अधिकारीसँग पनि भेट गर्ने तयारी भएको नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here