वनकपुर ।। मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले राजीनामा दिएका छन्। शनिबार बिहान मुख्यमन्त्री लालबाबु राउतलाई दिएको राजीनामा स्वीकृत भइसकेको झाले जानकारी दिए। उनी पाँच वर्षयता सो पदमा थिए।
चुनाव लड्नका लागि आफूले राजीनामा दिएको झाको भनाइ छ। उनले महोत्तरी ३ बाट चुनाव लड्ने तयारी गरेका छन्। उनी जनता समाजवादी पार्टीबाट चुनाव लड्दैछन्।
उनी जनता समाजवादी पार्टीबाट चुनाव लड्दैछन्। जलेश्वरमा एक कार्यक्रम गरेर उनी जसपामा प्रवेश गर्ने जनाइएको छ।





