काठमाडाैं ।। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ । आज बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न भदौ १५ मा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो । महाअभियोग सिफारिस समितिले आज पारित गरेको कार्यतालिकामा १५ भदौको विहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख छ । त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण सङ्कलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ । समितिले अध्ययन सकेर १८ वा १९ भदौमा प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको ज्येष्ठ सदस्य विष्टले बताउनुभयो । प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्नका लागि समितिले २२ साउनमा जिम्मेवारी पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here