म्याग्दी ।। म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । प्रहरीका अनुसार आज बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उहाँका ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरूको शव स्थानीयले पहिरो खनेर निकालेका हुन् । पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उहाँका ६७ वर्षीया गोरी विकको उपचार भइरहेको छ । प्रहरीले वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्धारमा हेलिकोप्टर पठाएर उद्धार गर्न समस्या भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here