काठमाडाैं ।। पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९९ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ४ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा रहेका छन् । यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here