काठमाडाैं ।। संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु आज काठमाडौँ आउन लाग्नुभएको छ । दुई दिने नेपाल भ्रमणका लागि उहाँ आज दिउँसो काठमाडौँ आइपुग्ने बताइएको छ । लु काठमाडौँ आए लगत्तै एउटा अवार्ड वितरण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । तर, उहाँको भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन् । उहाँले नेपालमा रहँदा उच्च राजनीतिक भेटवार्ता गर्ने सम्भावना भने रहेको छ । सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको केही समयपछि लु काठमाडौं आउन लागेकालाई उहाँको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुनु अघि पनि नेपाल भ्रमण गर्नुभएको थियो । यसैबीच संसदीय समितिले सरकारलाई एसपीपी अस्वीकार गरेको पत्र नपठाउनाको कारण माग गरेको छ । हिजो बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here