सांकेतिक तस्विर

काठमाडाैं ।। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले प्रभावकारी स्वास्थ्य अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रभावकारी अनुसन्धानमा काम गर्न परीषद्लाई निर्देशन दिनुभएको छ । उहाले परीषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्न पर्यत्न गर्ने पनि बताउनु भएको छ । परीषद्को कर्मचारी प्रशासन सम्बन्धी विनीयमावली ४ वर्षदेखि अलपत्र परेको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधानको लागि पर्यत्न गर्ने मन्त्री खापुङले बताउनुभएको हो । मन्त्रालयका आगमी कृयाकलापमा स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुने पनि उहाँको भनाई छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here