काठमाडाैं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीको सिट सङ्ख्या बढ्ने दावी गर्नुभएको छ । पार्टीको स्कूल विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अबको चुनावमा भने समानुपातिकतर्फ मात्रै २० देखि २५ लाख मत प्राप्त हुने दावी गर्नुभयो । उहाँले गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाच्ने बानीले पार्टीलाई नोक्सान पु¥याएको भन्दै आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने पनि बताउनुभयो ।
यसैबीच, पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि सुरु भएको छ । बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित एक व्याङक्वेटमा सुरु भएको प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी छन् । जनप्रतिनिधिहरूलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने छ ।
आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीको सिट सङ्ख्या बढने माधव नेपालकाे दावी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।