काठमाडाैं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा पर्सि सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ । आज पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटेपछि पत्रकारहरूसँग कुराकानी संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको बिषयमा भोली सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको हो । भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको प्रचण्डको भनाइ रहेको थियो । गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गर्ने काँग्रेस केन्द्रीय समितिको निर्णय सही भएको पनि बताउनुभयो । गठबन्धनका सन्र्दभमा काँग्रेसले पनि सहि निर्णय गरेको बताउदै उहाँले आफूहरूको चाहना पनि यहि गठबन्धनलाइ निरन्तरता दिने रहेको बताउनुभयो ।





