काठमाडाैं ।। गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या आउन सक्ने भन्दै यसबाट जोगिन चिकित्सकले सुझाव दिएका छन् । केही दिनयता तराईसँगै पहाडी भेगमा पनि गर्मी बढेकाले सावधानी अपनाउन डाक्टर बाबुराम मरासिनीले सुझाव दिनुभयो । उहाँले गर्मीमा पकाइएको खानेकुरा केही घन्टामै बिग्रने भएकाले बासी तथा सडेगलेका खानेकुरा नखान, धेरै मसलायुक्त खानेकुरा नखान, पानी उमालेर मात्र पिउन, काँचो र नपाकेका खानेकुरा नखान आग्रह गर्नुभयो । जाडो महिनाको तुलनामा दोब्बर धेरै पानी पिउन, सकेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे पूरा बाहुला भएको लुगा लगाउने, टोपी र चस्मा लगाउने तथा हिँड्दा छाता ओड्ने गरे पनि गर्मीबाट बच्न सकिने डाक्टर मरासिनीले बताउनुभयो । सकेसम्म घाममा बसेर काम नगर्न, काम गर्नैपरे आराम गर्दै काम गर्नुपर्ने, सफा पानी धेरै मात्रामा पिउन, ताजा जुस, झोलिलो खानेकुरा धेरै खान उहाँको सुझाव छ ।
गर्मीका कारण स्वास्थ्य समस्या आउन सक्ने भन्दै यसबाट जोगिन चिकित्सककाे सुझाव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।