मुम्बइ ।। बलिउड जोडी आलिया भट्ट र रणवीर कपुर चाँडै आमा-बुबा बन्ने भएका छन् । आलियाले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन ।
उनले सोमबार इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘हाम्रो बच्चा… छिट्टै आउँदैछ ।’ उक्त तस्बिरमा आलिया र रणवीर कपूर अस्पतालमा स्क्यान हेर्दै गरेको देख्न सकिन्छ ।
आलिया र रणवीरले १४ अप्रिलमा विवाह गरेका थिए । आलियाले यस्तो जानकारी दिएसँगै रणवीरकी बहिनी रिदिमा कपुर, करण जोहर, प्रियंका चोपडालगायतले उनीहरूलाई बधाई दिएका छन् ।





