काठमाडाैं ।। स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन आयोगले निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकिन गरी पठाउन निर्देशन दिएको हो । निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टाछुट्टै तयारगरि आवश्यक कारवाहीको लागि सिफारिस सहित आयोगमा पठाउन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यसैबीच आयोगले सङ्घ र प्रदेशको निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग यहि साता भित्र छलफल गरिसक्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here