काठमाडौँ ।। संयुक्त अरब इमिरेट्स युएईको राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् ।
उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा गरेका थिए ।
‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिटै लामो समयका लागि पोखराको भ्रमणमा पुनः आउनेछु ।’ ब्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणका लागि आएका माक्तुमले विराटनगर समेत घुमेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here