काठमाडौं ।। स्थानीय तहको निर्वाचन अघि नै एक चरणको विवाद झलेको जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद अहिले थप उत्कर्षमा पुगेको छ । सामान्य हिसाबले हेर्दा पार्टी अध्यक्षले बैठक नबोलाएको र छलफलै गर्न नपाएको विषयले विवाद भएको देखिएको छ । तर भित्रि रूपमा बुझ्दा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री हेरफेर गर्नुपर्नेदेखि दुइ अध्यक्षबीचको टकराव मुख्य कारण देखिएको छ । पछिल्लो पटक नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेसँगै जसपा भित्र पनि त्यो विषयले प्रवेश पाएको छ । तर स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट, मन्त्री हेरफेरदेखि स्थानीय तह निर्वाचनमा प्राप्त परिणाम र एक अर्कालाई गरेको अन्र्तघातसम्मको विषयले जसपाभित्रको विवाद थप चर्किएको छ । जसपा सङ्घीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई निकटका नेताले निर्वाचनको समीक्षा हुनुपर्ने माग गरिरहेका छन् । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले बैठक नै नबोलाएको उनीहरूको आरोप छ । यसअघि गत फागुनमा बसेको केन्द्रीय समिति बैठकले असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाटै दुई अध्यक्ष राख्ने विषय टुङ्गो लगाउने निर्णय गरेको थियो । तर त्यो बैठक पनि स्थगित गरिएको छ । विवाद बढ्दै जाँदा पार्टी नै फुट्नेसम्मको हल्ला चलेको छ । तर यसले कसैलाई फाइदा नहुने एक जना विश्लेषक सुरेन्द्र लाभले बताउनुभयो । जसपामा आन्तरिक विवाद चुलिनु तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी परिणाम राम्रो नआएको बताउँदै गठबन्धन गरेर जाने चाहना व्यक्त गर्नुले दलहरूबीचको समीकरण बदल्न सक्ने शंका बढाएको छ ।
जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद थप चर्कियाे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।