एजेन्सी ।। रुससँग युद्ध लडिरहेको युक्रेनलाई हतियार अभाव हुन थालेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसी सेनासँग लड्दै आइरहेका युक्रेनी सेनासँग विस्फोटक पदार्थको अभाव हुन थालेको छ । दक्षिणी सीमामा माइकोलाइव क्षेत्रका गभर्नर विटाली किमले विस्फोटक पदार्थ भण्डारण गरिएको क्षेत्रमा रुसले आक्रमण गर्दा सबै नष्ट भएकोमा चिन्ता व्यक्त गर्नुभयो । समाचार संस्था एएफपीका अनुसार शक्तिशाली राष्ट्रको रुपमा रहेको रुससँगको युक्रेन युद्ध यति धेरै लम्बिन सक्छ भन्ने कसैले पनि अनुमान गरेको थिएन । तर, युक्रेन अझै युद्धमा अडिग भएर लडिरहँदा अब उसँग हतियार अभाव हुनु स्वभाविक हो । युक्रेनले पश्चिमी मुलुकसँग युद्धका लागि चाहिने आवश्यक हतियार र विस्फोटक तत्काल र यथाशिघ्र छिटो पठाउन आग्रह गरेको छ । झन्डै साढे ४ महिनादेखि जारी रुस र युक्रनेबीचको युद्धका कारण विश्वभर नै महँगी बढेको छ ।
रुससँग युद्ध लडिरहेको युक्रेनलाई हतियार अभाव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।