बाजुरा ।। बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले पे्रश विज्ञप्ती जारी गर्दै चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन रद्दगरि पुनः निर्वाचन गर्ने निर्णय गरेको जनाएको छ । आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सुरक्षा व्यवस्थामा लापरवाहीगरि निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षता माथि आँच आउने काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझा र सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टलाई तीन दिन भित्र हटाई सो पदमा अन्य जिम्मेवार व्यक्तिलाई खटाएर स्थानीय तह निर्वाचनको प्रक्रिया अगाडी बढाउन आयोगले निर्देशन दिएको हो । साथै उनीहरूलाई निर्वाचन कसुर अनुसार विभागीय कारवाही गर्न पनि भनेको छ । उनीहरूलाई निर्वाचन कसुर अनुसार विभागीय कारवाही गरी आयोगलाई जानकारी दिन भनिएको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।