काठमाडाैं ।। गत शुक्रबार र त्यसपछिका विभिन्न चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट सुरु हुँदैछ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल गएरातिदेखि सकिएपछि नवनिर्वाचितहरूको कार्यकाल आजबाट सुरु हुन लागेको हो । निर्वाचित भएकाहरूमध्ये कतिपयले हिजो नै पद तथा गोपनियताको शपथ लिएका छन् भने कतिपयले आजै शपथको कार्यक्रम राखेका छन् । नेपालको संविधान र कानुनले स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्थाको परिकल्पना नगरेका कारण निर्वाचित भएकालाई आजैबाट कार्यभार सम्हाल्ने व्यवस्था गर्न सरोकारवाला निकायलाई भनिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here