एजेन्सी ।। भारतमा प्रदूषणका कारण एक वर्षमा २३ लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । मेडिकल जर्नल ‘ल्यासेन्ट’ ले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१९ मा भारतमा प्रदूषणका कारण २३ लाख मानिसहरूको मृत्युु भएको उल्लेख गरिएको छ । मृत्यु भएकामध्ये १८ लाखको मृत्यु वायु प्रदूषण र अन्य ५ लाखको मृत्यु जल प्रदूषका कारण भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । ल्यान्सेट कमिशन अन पल्यूशन एन्ड हेल्थ नामक प्रतिवेदनमा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको छ । जसमा वायु प्रदूषणका कारण ६७ लाख र जल प्रदूषणका कारण १४ लाख मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गर्छ । मृत्यु हुनेमध्य ९० प्रतिशतभन्दा बढी मानिस कम र मध्यम आय भएका रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।