काठमाडाैं ।। मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले अरु कागजपत्र देखाएर भोट हाल्न पाउने भएका छन् । आयोगले सूचना जारी गर्दै अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभएको खण्डमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणको आधारमा मतदान गर्न सक्ने जनाएको हो । भोट हाल्न भाोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा जान सकिनेछ । यसपटकको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार मतदाता छन् । देशभर १ लाख ४५ हजार ११ जना उम्मेद्वार रहेकामा ३५ हजार २ सय २१ जना निर्वाचित हुने छन् । मादक पदार्थ सेवन गरेर जाँदा मतदाता भएपनि भोट हाल्न पाइने छैन । मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान पाइने छैन । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ का अनुसार मतदानको दिन मतदानकेन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति मात्र जान पाउने छन् । महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here