काठमाडाैं ।। पर्सि हुने स्थानीय तह निर्वाचनका लागि मतदाता परिचयपत्र वितरणको काम जारी छ । निर्वाचन आयोगले शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि नयाँ थपिएका मतदातालाई आजबाट परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिने काम पनि सुरु गरेको छ । भोलिपनि परिचयपत्र वितरण र मतदाता शिक्षाको काम जारी रहने आयोगले जनाएको छ । त्यसका लागि ७५३ पालिकाका १० हजार ७ सय ५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ । मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने छ । नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरिएको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावलीमा नाम भएका तर हराएकोे भएमा भने उनीरूले नागरिकताको आधारमा भोट हाल्न पाउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here