काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीविरुद्ध लाग्नेलाई इँटको जवाफ पत्थरले दिर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार कैलालीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रचण्डले भने, “प्रतिक्रियावादीहरू माओवादीविरुद्ध आइलागे इँटको जवाफ पत्थरले दिनुहोस् । हामी सबै माओवादी एकै ठाउँमा आउन जरुरी छ । माओवादीकै जितमा सबैको जित छ ।”
उनले सबै माओवादीलाई एक बनाउन आफू रातदिन लागिपरेको बताए । माओवादीलाई ०६४ सालकै जनलहरतर्फ फर्काउन सबै लाग्नुपर्ने उनको भनाइ छ । राजनीतिको केन्द्रमा आफू रहेको जिकिर समेत उनले गरे ।
पार्टी प्रशिक्षण र अरू कार्यक्रमका लागि प्रचण्ड आज कैलाली पुगेका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here