काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
रिपोर्टर्स् क्लब नेपालको २४औं वार्षिकोत्सवका अवसरमा बिहीवार आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।
नेपाली कांगे्रसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट गरे ।
उनले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा राखे ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।