काठमाडाैं ।। आगामी स्थानीय तहको निर्वाचन तयारी र रणनीतिका बारेमा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बैठक बस्ने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा स्थानीय तहको चुनावी घोषणापत्र, अपनाउनुपर्ने रणनीति लगायतका बारेमा छलफल हुने काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो । नेपाली काँग्रेसले स्थानीय तहको चुनावको घोषणापत्र लेखन समितिको संयोजकमा भने महामन्त्री गगन थापालाई मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकमा हिजो महामन्त्री थापालाई मनोनयन गर्नु भएको हो ।





