धनुषा ।। मधेश प्रदेशबाट राष्ट्रिय स्तरको कराँते प्रतियोगिताका लागि विभिन्न तौल समूहका ३२ जना महिला पुरुष खेलाडी छनोट भएका छन् । आइतवार धनुषामा भएको मधेश प्रदेशस्तरीय कराँते छनौट प्रतियोगितामा ८ जिल्लाका विभिन्न तौल समूहका २ सय ६० जना भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा मधेश प्रदेशका करिव २४ जना प्रशिक्षकको टिम र रेफ्रीले सहभागीमध्ये प्रथम भएका ३२ जना महिला, पुरुष खेलाडी राष्ट्रिय कराँते प्रतियोगिताका लागि छनोट गरेको हो । प्रतियोगिताबाट मधेश प्रदेशमा महिला खेलाडीको तर्फबाट विभिन्न तौल समुहका १५ जना र पुरुष तर्फ विभिन्न तौल समूहका १७ जना खेलाडी छनोटमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here