एजेन्सी ।। युक्रेन–रुसबीचको युद्ध २५ दिनदेखि जारी छ । युक्रेनमाथि कब्जा गर्ने उदेश्यसहित रुसले विभिन्न सहरमाथिको आक्रमण जारी राखेको छ । युद्धको कुनै नतिजा निस्कन नसक्दा युक्रेनका नागरिक विभिन्न समस्याबाट गुज्रिन थालेका छन् । मारियुपोल सहर गत दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । त्यहाँ विद्युत, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन भने सहरमा करिब तीन लाख मानिस फसेका छन् । खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावका बीच फसेका मानिसहरूको अवस्था नाजुक बन्दै गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यसैबीच, रुसले मारियुपोलका अस्पताल, चर्च, आवासीय अपार्टमेन्टहरू निशाना बनाएको छ । रूसका विदेश मन्त्री सर्गेई लाभरोफले युक्रेनलाई वार्ता गर्न नदिनमा अमेरिकाले ठूलो भूमिका निर्वाह गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले युक्रेन र रूसबीच शान्तिवार्तामा युक्रेनलाई अघि बढ्न नदिनका लागि अमेरिका बाधक बनेको बताउनुभयो । वार्ताको क्रममा रुसले राखेको माग युक्रेनलाई पूरा गर्न नदिन अमेरिकाले भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले यदि युक्रेनले आफ्नो निर्णय आफै नगरे परिणाम थप भयावह हुने चेतावनी समेत दिनुभयो ।
यसैबीच, रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रहेको भूमिगत हथियार भण्डारलाई लक्षित गरी हाइपरसोनिक मिसाइलको प्रयोग गरेको छ । रूसी रक्षा मन्त्रालयका अनुसार हाइपरसोनिक मिसाइल आक्रमणबाट युक्रेनको इवानो–फ्रैकिव्स्क क्षेत्रमा रहेको हथियार भडार केन्द्र ध्वस्त भएको छ । रुसले पहिलो पटक युद्धको क्रममा हाइपरसोनिक मिसाइलको प्रयोग गरेको स्वीकारेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here